असार २७, काठमाडौँ । लगातार परिरहेको पानीका कारण विभिन्न क्षेत्रमा बाढी, पहिरो तथा डुबानका समाचारहरु प्राप्त भइरहेका छन् । पहिरोका कारण मुग्लिन सडकखण्ड एकतर्फी मात्रै सञ्चालनमा छ भने बिपि राजमार्ग अवरुद्ध भएको छ ।
काभ्रेको रोशी गाउँपालिका ११ स्थित पिप्ले, कालढुङगामा पहिराेका कारण सडक अवरुद्ध भएको छ ।
यस्तै बुटवलबाट पाल्पा जाने बाटो, लमजुङबाट मनाङ जाने बाटो तथा भोजपुरबाट धरान जाने बाटो पनि पहिरोका कारण बन्द भएको राष्ट्रिय आपतकालिन उद्धार केन्द्रले जनाएको छ ।