असार २८, काठमाडौँ । मनसुनको सक्रियतासँगै देशका उच्च हिमाली, हिमाली, पहाडी तथा तराई–मधेसमा यसको प्रभाव देखिएको छ। मनसुनी वर्षाका कारण तराई–मधेशका शहरी तथा ग्रामीण क्षेत्र डुबानमा परेका छन्।
यस्तै पहाडी क्षेत्रमा बाढी र पहिरोले घर बगाउने र पुर्ने काम गरेकाे प्रहरीले जनाएको छ।
गृहमन्त्रालयका अनुसार शुक्रबार बाढी र पहिरोमा १७ को मृत्यु भएको छ भने ७ जना बेपत्ता र ७ जना घाइते भएका छन्।
गृह मन्त्रालयद्वारा शुक्रबार साँझ प्रकाशित तथ्यांक
काठमाडौँको मूलपानीमा वर्षाका कारण घर भत्कँदा ३ जनाको मृत्यु भएको छ भने काभ्रेको नालामा पहिरोले घर पुर्दा दुई जनाको ज्यान गएको छ भने भोजपुरमा पनी दुई जनाले ज्यान गुमाएका छन्। त्यस्तै, रामेछाप, सिन्धुली, ललितपुर र धादिङमा पहिरो तथा बाढीमा परी एक–एक जना ज्यान गएको छ।
मन्त्रालयले ४ सय घरधुरीका एकहजार जना प्रभावित भएको प्रारम्भिक तथ्यांक सार्वजनिक गरेको हो।
त्यस्तै मोरङ, सुनसरी, महोत्तरी, पाँचथर, खोटाङ र काठमाडौंमा एक–एक जना बेपत्ता भएका छन्।