रौतहट डुब्यो : दर्जनबस्तीसंग सम्पर्क बिच्छेद, हजारौँ नागरिक उद्धारको पखाईमा

Post Thumbnail

असार २८,रौतहट । लगातारको झरीपछि बाग्मती र लालबकैया नदीमा बाढी आएपछि रौतहटको सदरमुकाम गौर जलमग्न भएको छ । सदरमुकाम गौरमा रहेका घरमा पानी पसेपछि स्थानीयहरु उद्धारको पर्खाइमा रहेका छन् ।

सदरमुकाम गौर सहित १८ वटै स्थानीय तह जलमग्न भएका छन् । लालबकैया र बाग्मती खोलाले ठाउँठाउँमा तटबन्ध भत्काएको छ । बाढी बस्तीमा झण्डै ५ हजार नागरिक विस्थापित भएका छन् । नागरिक रातभरि भोकभोकै र जाग्राम बसेका छन् । १ तला घर हुनेहरु छिमेकी दुई तले घर भएकाहरुकोमा बसेका छन् ।

पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको घरसहित सरकारी कार्यालय, कारागारसमेत डुबेका छन् । अन्नबाली र पशुचौपाया जोगाउन नसकेका नागरिक आफ्नै ज्यान कसरी जोगाउने भन्ने चिन्तामा छन् ।

ठाउँ–ठाउँमा बाढीको पानीले घेरिएर टापु बनेका ठाउँमा नागरिक फसे पनि सरकारले उद्धारका लागि हेलिकप्टर पठाउन सकेको छैन ।

सीमावर्ती क्षेत्रमा भारतले लालबकैया र बाग्मतीसँगै जोडिएको ६ किलोमिटर तटबन्ध निर्माण गरेका कारण पानीको बहाव रोकिएको हो । १० फिट पानी जमेको छ । सडक सञ्जाल टुटेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस