सप्तकोशी ब्यारेजका ५६ वटै ढोका खोलियो, पानीको बहाब तीन लाख ७१ हजार क्युसेक

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ अषाढ २९, आईतबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

असार २९, काठमाडौँ । तीन दिनदेखि लगातार भएको वर्षाको कारण सप्तकोशी नदीमा पानीको बहाव तीन लाख ७१ हजार एक सय १० क्युसेक पुगेको छ।

पानीको बहाब उच्च भएपछि शनिबार राति १० बजेदेखि भारतीय कन्ट्रोल रुमले ब्यारेजका ५६ वटै ढोका खुल्ला गरेको छ।

पानीको बहाब उच्च भएपछि ब्यारेजका सबै ढोका खुला भएको सशस्त्र प्रहरी बल भण्टावारीका प्रहरी निरिक्षक सुरेन्द्र भण्डारीले जानाकारी दिए।

सप्तकोशीमा पानीको बहाब खतराको चरणमा प्रवेश गरेपछि स्थानीय प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।

सप्तकोशीमा एक लाख ५० हजार क्यूसेक बहाब पुग्दा नै खतरा मानिन्छ।

भारतको बिहार जलमग्न भएपछि भारतले शनिबार दिउँसो ढोका बन्द गर्न दबाब दिइरहेको थियो।

तर पूर्वी पहाडी जिल्लामा वर्षा निरन्तर जारी रहेकाले कन्ट्रोल रुमले ब्यारेजका सबै ढोका खुला गरेको भण्डारीले बताए।

शनिबार प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले कोशी ब्यारेज तथा सुनसरीका बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका थिए।

ताजा अपडेट

खोजी गर्नुहोस