देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ श्रावण ३, शुक्रबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

साउन ३, काठमाडौँ । देशभर शुक्रबार आंशिकदेखि सामान्य बदली रहेर केही स्थानहरुमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका मध्य र पूर्वी क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।भारी वर्षाका कारण नदी तथा खोलाहरुमा पानीको बहाव बढेर बाढी पहिरो तथा डुवानको समस्या निम्तिन सक्ने भन्दै सचेत रहन भनिएको छ ।

शुक्रबार राति पनि मौसम यस्तै रहने मौसमविदको भनाई छ ।

ताजा अपडेट

खोजी गर्नुहोस