जमिनदारको हितमा भूमि विधेयक

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ भाद्र १०, मंगलबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

भाद्र १०, काठमाडौं । सरकारले हदभन्दा बढी जग्गा ओगटने व्यवसायी लाभान्वित हुने गरी कानुन ल्याउन लागेको छ ।

विभिन्न उद्योग प्रतिष्ठान, कम्पनी र संस्थाका नाममा हदभन्दा बढी जग्गा ओगट्नेलाई प्रत्यक्ष फाइदा पुग्ने गरी कानुन संशोधन गर्न लागिएको हो ।

प्रतिनिधिसभाबाट पारित भई राष्ट्रिय सभामा विचाराधिन भूमिसम्बन्धी (आठौं संशोधन) विधेयकमा एक पटकका लागि हदभन्दा बढी जग्गा राख्न पाउने र त्यस्तो जग्गा बिक्रीवितरण गर्न दिने प्रावधान छ ।

राष्ट्रिय सभाले विधेयक हुबहु पारित गरेमा घुमाउरो बाटोबाट जग्गा ओगट्दै आएका व्यवसायी तथा जमिनदार प्रत्यक्ष लाभान्वित हुनेछन् ।

लाभान्विन हुनेको संख्या पहाड र हिमालमा भन्दा तराईमा बढी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस