जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धकाे मृत्यु

  • अनलाइन केन्द्र
  • / विचित्र संसार /
  • २०७६ आश्विन २९, बुधबार (५ साल अघि)
  • ३० पटक पढिएको
Post Thumbnail

असोज २९, कञ्चनपुर । जङ्गली हात्तीको आक्रमणबाट कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरका ६५ वर्षीय बलदेव बोहराको घटनास्थलमै मृत्यु भएको छ।

घरदेखि जङ्गलको बाटो भएर बाणीतर्फ जाने क्रममा आज दिउँसो बोहरालाई ज¬ङ्गली हात्तीको बथानले आक्रमण गरेको अस्थायी प्रहरी पोष्ट बन्साहाका प्रहरी सहायक निरीक्षक महादेव पन्तले जानकारी दिए।

“घरबाट बाणीतर्फ जाने क्रममा बाटोमा जङ्गली हात्तीको आक्रमणमा घटनास्थलमै मृत्यु भएको देखिन्छ” प्रहरी सहायक निरीक्षक पन्तले भने।

केही सातायता जिल्लाका शुक्लाफाँटा, भीमदत्तनगरपालिका र बेदकोट नगरपालिकामा जङ्गली हात्तीले नोक्सान पुर्‍याउँदै आएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस