माघ ७, काठमाण्डौ । संघीय सांसद भीमसेनदास प्रधान र अकुपाइ टुँडिखेल अभियानताहरूको टोलीले टुँडिखेल र खुलामञ्चको निर्माण सामग्री हटाउन वीर अस्पतालका प्रमुख डा केदारप्रसाद सेञ्चुरीलाई ज्ञापनपत्र बुझाएका छन् ।
बन्दै गरेको वीर अस्पतालको निर्माण सामग्रीले खुलामञ्च अतिक्रमण भएको भन्दै मंगलबार उनीहरूले सेन्चुरीकै कार्यकक्षमा गएर ज्ञापनपत्र बुझाएका हुन् । अकुपाइ टुँडिखेल अभियानका संयोजक विजय श्रेष्ठले खुलामञ्चमा बनाएको टहरा र निर्माण सामग्री हटाउन अनुरोधका लागि ज्ञापनपत्र बुझाएको बताए ।