(अपडेट) धादिङको भयानक दुर्घटनामा मृत्यु हुनेको सँख्या ७ पुग्यो

Post Thumbnail

माघ ७,धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका ४ ढोलामण्डलीको दर्शन गरेर फर्किदै गरेका यात्रु चढेको ट्रक दुर्घटना हुँदा मृत्यु हुनेको सँख्या ७ पुगेको छ । मंगलबार ढोलामण्डलीमा लागेको मेला दर्शन गरेर फर्किदै गरेका स्थानीय चढेको ग १ ख ८०१२ नम्बरको आइचर ट्रक दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका एसपी रवीन्द्र रेग्मीका अनुसार ७ जनाको मृत्यु भएको हो । ६ जनाको घटनास्थलमै मृत्यु भएको र एक जनाको जिल्ला अस्पताल धादिङ मृत्यु भएको अस्पतालका अध्यक्ष अध्यक्ष महेन्द्र धमलाले जानकारी दिए ।

ज्वालामुखी गाउँपालिका ४ बाट धादिङबेसी फर्किदै गरेको ट्रक निलकण्ठ नगरपालिका ९ मैलीभञ्ज्याङमा सडकमै पल्टिएको हो । ट्रकमा ४५ जना यात्रु सवार रहेको प्रहरीले बताएको छ । दुर्घटनाका गम्भीर घाइते १० जनालाई हेलिकप्टरबाट उपचारका लागि काठमाडौं पठाइएको एसपी रेग्मीले बताए । अन्य घाइतेको जिल्ला अस्पतालमा उपचार भईरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस