सिपमूलक तालिम दिएर थाक्रेका जनतालाई अब्बल बनाउँदै द साल्भेसन मिसन नेपाल

Post Thumbnail

माघ २३, धार्के । द साल्भेसन मिसन नेपालको साल्भेसन मिसन सामुदायिक पुनस्थापना तथा रोजगार बिकास कार्यक्रम ३ सय ९० घण्टा सिपमुलक तालिम बुधबार समापन गरिएको छ । भुकम्प अति प्रभावित समुदायका मानिसहरुलाई सिपमूलक तालिम दिएर जीवनस्तर बृद्धि र दिगो बिकास गर्ने उदेश्यका साथ धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ८ सनसाईन ईन होटलमा बुधबार एक कार्यक्रम विच समापन गरिएको हो । ३९० घण्टा रहेको तालिममा हाउस वाइरिङ्ग तर्फ़ १२ जना र प्लम्बर तर्फ़ १६ जना गरि जम्मा २८ जना सहभागीलाई प्रमाण पत्र वितरण गरिएको थियो । थाक्रे गाउपालिका को समन्वयमा संचालन भएको कार्यक्रममा थाक्रे गाउँपालिकाका प्रमुख रामकुमार आचार्य, उपाधक्षा अम्बिका रुपाखेती, वडा नम्बर ८ का वडा अध्यक्ष्य केशब प्रसाद प्याकुरेल, वडा नम्बर ७ का रामकुमार बस्नेत, गैर सरकारी सँस्थाका मानबहादुर बोगटी, बिपल घिसिङ्ग ,निसाना लो, हरिराम बोगटी लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथीका रुपमा धादिङ थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्य रहेका थिए भने बिशेष अतिथीमा उपाध्यक्ष अम्बिका रुपाखेति रहेकी थिईन् ।

समुदायमा रहेका अति भुकम्प पिडित, गरिव, दैनिक जिवनयापन गर्न नसक्ने ब्यक्तिहरुको लागी जिवन उपयोगी सिप प्रदान गर्ने उदेश्यले तालिम सञ्चालन गरेको यस सँस्थाले सिलाई, कुखुरा पालन, ड्राईभिङ लगायत बिभिन्न सिप प्रदान गर्ने साल्भेसन सँस्थाका कार्यकारी निर्देशक हरिराम सुनुवारले बताए । २०७२ साल बैशाख १२ गते गएको भुकम्पबाट बिस्थापित भएका बिभिन्न जिल्लाका नागरिकहरुलाई सहायता स्वरुप राहात प्रदान गरेको थियो ।

धादिङको थाक्रे गाउँपालिकाका बिभिन्न वडा तथा अन्य स्थानमा पनि राहात प्रदान गरिएको साल्भेसन मिसन सँस्थाका कोषाध्यक्ष निसान ल्लोले जानकारी दिए । यस साल्भेसन मिसन नेपालले धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ६, ७, ८, ९ र १० मा आफ्नो कार्य क्षेत्र बनाएर काम गर्दै आएको छ । कार्यक्रममा बिषेश अतिथीका रुपमा रहेका थाक्रे गाउँपालिका उपाध्यक्ष अम्बिका रुपाखेतिले समुदायका नागरिकहरुलाई सिप प्रदान गर्ने उदेश्यले आएको सँस्थाले थाक्रेवासीहरुलाई तालिम दीएर अगाडि बढाउन सहयोग गरेको र भोलिका दिनहरुमा पनि यस्तै राम्रो काम गर्न को लागि सस्थालाई आग्रह गरे । सँस्थाले दिएको सिपले गरिव तथा अति भुकम्प पिडितहरुको जिवनस्तर माथी उकासिने बताए । समापन कार्यक्रमका प्रमुख अतिथी एबम् थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले खुल्ला सहयोगी भावनाले आउने सँस्थाहरुलाई स्वागत रहेको बताउँदै कुनै पनि धर्ममा केन्द्रित हुन नहुने बताए । साथै यस्ता ३९० घण्टा मात्र नभई आबश्यक परेको खण्डमा सँस्थाले अन्य काम गर्नुपर्ने बताए । साल्भेसन मिसन नेपालले धादिङ लगायत अन्य भुकम्प प्रभाबित जिल्लाहरुमा पनि काम गर्दै आएको छ ।

धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ६, ७, ८, ९ र १० मा काम गर्दै आएको छ । साल्भेसन मिसन सँस्थाले साबिकको थाक्रे र केवलपुरका समुदायहरुको जिवनस्तर उकास्ने हेतुले काम गरिरहेको छ । यस सँस्थाका अन्य उदेश्यहरुमा जिविकोपार्जन प्रणाली सुदृढ गर्दै रोजगारीको राम्रो अबसरको सिर्जना गर्ने र स्वास्थ्य तथा सरसफाईको स्थितीमा सुधार गर्ने, प्रकोप जोखिम न्युनिकरण क्षमतामा सुधार तथा बृद्धि गर्ने लगायतका रहेका छन् । साल्भेसन मिसन सँस्थाले परियोजना कार्यान्वयनको दौरानमा अति कमजोर तथा बिपन्न घरपरिवारहरुलाई पहिचान गरि प्राथमिकताका साथ लक्षित समुदायको लागी चयन गरिने जनाएको छ । साल्भेसन मिसनले दिएको तालिमबाट जिविकोपार्जन र सिपमूलक तालिमबाट आम्दानी बृद्धि, पशुपालन तालिमबाट घरपरिवारमा आर्थिक बृद्धि साथै परम्परागत पेशाको अन्य हुने, सरसफाई एवम् तालिमबाट वातावरण जोगाउने प्रयासमा सफलता हुने लगायतका अपेक्षित उपलब्धि हासिल गर्न सकिन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस