फाल्गुण १, काठमाण्डौ । काठमाडौं महानगरपालिका ४ धुम्बाराहीमा डेरा गरी बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका ८ घर भएका विजयराज ढुङ्गानाको कोठाबाट नगद, सुन तथा चाँदीका गरगहना चोरी भएको छ।
बुधबार बिहान करिब ९ लाख १० हजार रूपैयाँ बराबरको उक्त धनमाल चोरी भएको प्रहरीले जनाएको छ । यसैगरी, ललितपुर महानगरपालिका १३ कुसुन्ती बस्ने भुवानन्द भट्टराईको घरबाट नगद तथा सुनका विभिन्न गरगहनासमेत गरी करिब ६ लाख ५७ हजार रुपैयाँ बराबरको धनमाल बुधबार साँझ चोरी भएको छ ।