फाल्गुण १३, काठमाण्डौ । ट्राफिक नियम, सडक अनुशासन र सडक चेतना जगाउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले सारंगी बजाएर सचेतनात्मक कार्यक्रमवाट हालसम्म ७ हजार ७०० व्यक्तिलाई सचेतना प्रदान गरिएको छ । ‘मान्छेहरुलाई सांरगीको मधुर धुनमार्फत चेतना जगाएमा बढी प्रभावकारी होला भनेर अभियान थालिएको हो र मान्छेलाई गीत संगीतमार्फत सम्झाएमा त्यो लामो समयसम्म सम्झना हुने भएकोले यो अभियान सञ्चालन गरिएको हो ।’ महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले भने ।
माहाशाखा प्रमुखका अनुसार नयाँ बानेश्वर, बागबजार, रत्नपार्क, विर अस्पताल, क्यान ईन्फोटेक, न्यूरोड, रत्नपार्क वरिपरी, कालीमाटी, त्रिपुरेश्वर, नयाँ बसपार्क, स्वयम्भू, कंलकी, कोटेश्वर, एयरपोर्ट, जावलाखेल, गौशाला, चावहिल लगायतका ठाँउमा सचेतना कार्यक्रम गरिसकेको छ ।
यस अभियानबाट विशेष गरी जथाभावी बाटो काट्ने कार्यलाई निरूत्साहित हुनुका साथै ट्राफिक लाईट संचालन भएका चोकहरूमा ट्राफिक लाईट पालना गरि बाटो काट्न थप सहयोग पुगेको महाशाखा प्रमुख ढकालले वताए ।