फाल्गुण १४, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले आह्वान गरेको शिक्षण संस्था बन्दको कारण आज बिहानैबाट पठनपाठन प्रभावित भएको छ । संगठनका नेता(कार्यकर्ताको गिरफ्तार गरिएको तथा राजनीतिक आस्थाको आधारमा बन्दी बनाइ झुठा मुद्दा लगाएको विरोधमा अखिल (क्रान्तिकारी) ले एकदिने शैक्षिक हडतालको आह्वान गरेको थियो । हड्तालका कारण काठमाडौँ उपत्यका र अन्य जिल्लामा समेत शैक्षिक संस्थाको पठनपाठन बन्द छ ।
चन्द नेतृत्वको विद्यार्थी संगठनले पक्राउ परेका अध्यक्ष चिरञ्जीवी ढकाल, कोषाध्यक्ष नरेन्द्र विकलगायत नेताहरूको रिहाइको माग गरेको छ ।