विद्यार्थीहरुको दिवा खाजामा सुख्खा चाउचाउ र भुजा

Post Thumbnail

फाल्गुण २३, काठमाण्डौ । नयाँ पत्रिका दैनिकमा विद्यार्थीहरुको दिवा खाजामा अनियमितता भएको मुख्य समाचार छ । सरकारी स्कुलमा कक्षा ५ सम्मका विद्यार्थीहरुलाई आकर्षित गर्न र बालबालिकाको शरीरमा पोषक तत्व पु¥याउन दिवा खाजाको व्यवस्था गरेको छ । तर, दिवा खाजा कार्यक्रमको रकम निकासा नभएपछि चार महिनासम्म विद्यार्थीहरुले खाजा पाएनन् ।
रकम निकासा भएपछि खाजाको व्यवस्था त भयो तर अधिकांश विद्यालयले सरकारले तोकेको मापदण्डविपरीत अस्वस्थकर खाजा खुवाएको समाचारमा उल्लेख छ । दिवा खाजाको नाममा ६ अर्ब ६२ करोडको बजेट छ तर चार महिनासम्म खाजाविहीन भएका विद्यार्थीहरुलाई अहिले पोषणका नाममा चाउचाउ र भुजा दिइएको समाचार तस्वीरसहित नयाँ पत्रिकाले छापेको छ ।

झापाको गौरादह–५ चप्रमारीस्थित भद्रकाली माविको बाल कक्षाका विद्यार्थीहरुलाई दिवाखाजाको रुपमा चाउचाउ खुवाउन लागिएको र सर्लाहीको बरहथवा–१४ स्थित महेन्द्ररत्न जगन्नाथ लक्ष्मीनिया माविका विद्यार्थीहरुले फुको भुजा खाँदै गरेको तस्वीर समाचारमा प्रयोग गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस