फाल्गुण २४, हेटौंडा । हेटौंडाबाट काठमाडौं जोड्ने पोष्टबहादुर बोगटी भीमफेदी कुलेखानी सुरुङमार्ग बन्ने पक्का जस्तो भएको छ । सुरुङ मार्ग निर्माणका लागि प्रदेश सरकारले गृहकार्य पूरा गर्ने क्रममा रहेको छ । शुक्रबार विहान बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामेश्वर फुयाँलले सुरुङ मार्गको प्रवेशद्वार रहने स्थान भीमफेदी गाउँपालिकाको धापमा रहने स्थानको अवलोकन गरेका छन् । मन्त्री फुँयालले सुरुङ मार्गको अध्ययनको अवस्थाबारे जानकारी लिएका थिए ।
प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललेका पहिलो प्रदेशको गौरवको योजनाको रुपमा रहेको भन्दै मन्त्री फुँयालले अब कुनै पनि हालतमा सुरुङ मार्ग कुनै पनि हालतमा बन्ने बताए । उनले संघीय सरकारलाई जोडेर सुरुङ मार्गको काम अगाडि बढाउने बताए। उनले अगाडिको पूर्वाधार विकास कम्पनीको विषयप्रति कानुनी प्रावधान अनुसार अगाडि बढ्ने बताए । उनले जनताको काम कतिबेर अल्झाउने भन्दै कानुनी प्रक्रिया अबलम्बन गर्ने पनि बताए ।