चैत्र ३, काठमाण्डौ । कोरोना भाइरसका कारण बजारमा दैनिक उपभोग्य सामग्रीको अभाव भएको उपभोक्ताले गुनासो गरिरहँदा व्यवसायीले भने अभाव नरहेको दाबी गरेका छन् । भाइरसका कारण दैनिक उपभोग्य सामग्रीको माग उच्च हुँदा केही समस्या भए पनि अभाव नभएको निजी क्षेत्रका व्यवसायीहरूको छाता संस्था नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । कमर्सका आपूर्ति सभापति तथा थोक व्यापारिक संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले बजारमा पर्याप्त मात्रामा दैनिक उपभोग्य सामग्री रहेको दाबी गरे ।
‘हामीजस्ता थोक बिक्रेतासँग २ महिनाका लागि आवश्यक खाद्यान्न सामग्री छन्, मिलसँग ३र४ महिनाका लागि आवश्यक सामग्री छ,’ श्रेष्ठले भने, ुदुवैसँग गरी अझै ६ महिनाका लागि आवश्यक सम्पूर्ण खाद्यान्न हामीसँग छ ।’ उनका अनुसार उपभोक्ताहरूले आफूलाई चाहिनेभन्दा बढी सामग्रीको भण्डारण गर्दा केही असहज भए पनि सामग्री नैै नभएर बजारमा अभाव भएको भने हैन ।