कोरोनाको असर मेलम्ची आयोजनामा नपर्ने, असोजमै पानी आइपुग्ने दाबी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र ३, सोमबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

चैत्र ३, काठमाडौं। मेलम्ची खानेपानी आयोजनाले कोरोना भाइरसका कारण आयोजनालाई कुनै असर नपर्ने बताएको छ । चिनियाँ ठेकेदार र र चिनियाँ कामदार भए पनि आयोजनाको काममा भने असर नपरेको आयोजनाले स्पष्ट पारेको छ । मेलम्ची आयोजनाका प्रमुख तिरेश खत्रीले मेलम्ची आयोजनामा लाग्ने सम्पूर्ण सामग्रीको जोहो भइसकेको र चिनियाँ कामदार तथा नेपाली कामदारले काम गरिरहेकोले आयोजनामा कुनै असर नपर्ने बताए ।

आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले पनि मेलम्चीको कामलाई कोरोनाले कुनै असर नगर्ने बताए । ठेकेदार कम्पनीले बोनस खाने गरी काम सक्ने दाबी गरेको र आयोजना समय अगावै सकिनेमा आफू ढुक्क रहेको पनि पन्तले बताए । मेलम्ची आयोजनाले आगामी असोजमा काठमाडौंमा पानी भित्र्याउने गरी खानेपानी मन्त्रालयसँग कार्यसम्पादन सम्झौता गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस