जलविद्युत आयोजनामा नेपालको कायापलट : माथिल्लो तामाकोशीको बाँध परीक्षण सुरु

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ चैत्र ३, सोमबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

चैत्र ३, काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बाँध परीक्षण काम सुरु भएको छ । कुल ४ सय ५६ मेगावाट जडित क्षमता रहेको यो आयोजनाले चालु आर्थिक वर्षको अन्तिमसम्ममा व्यापारिक रुपमा विद्युत उत्पादन गरिसक्ने लक्ष्य राखिएको छ ।

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका प्रमुख विज्ञान श्रेष्ठले सोमबारबाट पानी भरेर ड्याम परीक्षणको काम सुरु गरिएको बताए । पिकिङ रन अफ रिभर पिआरओआर आयोजना भएका कारण यो आयोजनामा २२ लाख घनमिटर पानी थेग्ने २ किलोमिटर लामो ड्याम छ। उक्त ड्याममा पानी भरेर ठिक रहेको नरहेको बारे परीक्षण गर्न लागिएको हो । बाँध परीक्षणका लागि प्रमुख कार्यकारी अधिकृत श्रेष्ठसहित नेपाल विद्युत प्राधिकरणको टोली आयोजनास्थल पुगेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस