धरहरा पुनर्निर्माण तिब्र : १०औं तलाको ढलान कार्य हुँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र ५, बुधबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

चैत्र ५, काठमाडौं । महाभूकम्प २०७२ बाट क्षतिग्रस्त ऐतिहासिक सम्पदा नौतले धरहराको नर्निर्माणअन्तर्गत १०औं तलाको ढलान गर्ने तयारी गरिएको छ । फाउन्डेन तथा नवौं तलासम्मको ढलान सम्पन्न गरेर १०औं तलाको ढलान गर्ने तयारी गरिएको हो । धरहरा निर्माण गरिरहेको जीआईईटीसी–रमन जेभीका प्रोजेक्ट म्यानेजर श्यामचन्द्र श्रेष्ठले यसै साता धरहराको १०औं तलाको ढलान सुरु गरिने बताएका छन् ।

तीन अर्ब ४८ करोड रुपैयाँ लागतमा धरहराको पुनर्निर्माण भइरहेको हो । २०७२ साल १२ वैशाखको भूकम्पले क्षतिग्रस्त भएको ऐतिहासिक धरहरा पुननिर्माणका लागि गत वर्षको पुष महिनामा प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । ४२ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुने भए पनि भित्र २२ तलाको हुने र ७२ मिटर उचाइको हुने निर्माण कम्पनीले जनाएको छ । धरहरामा बगैंचा, संग्राहलय, रंगीन जलफोहरा, प्रदर्शनी हल तथा पार्किङस्थल समेत रहनेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस