कैलालीमा एक महिला कोरोना पोजेटिभ, नेपालमा संक्रमितको संख्या १३ पुग्यो !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख १, सोमबार (५ साल अघि)
  • ३० पटक पढिएको
Post Thumbnail

बैशाख १, काठमाण्डौ । नेपालमा नोवेल कोरोना कोभिड–१९ भाइरसको संक्रमित हुनेको संख्या १३ पुगेको छ । सोमबार कैलालीको लम्की चुहा नगरपालिका–१ मा एक महिलामा कोभिड–१९ पोजेटिभ देखिएसँगै संक्रमितको संख्या १३ पुगेको हो । अहिलेसम्म एक जना उपचारपछि घर फर्किएका छन भने बाँकीले उपचार गराइरहेका छन् ।

१५ दिनअघि वीरगञ्जबाट आएकी ती महिलालाई लम्की बहुमुखी क्याम्पसको क्वारेन्टिनमा राखिएको थियो । क्वारेन्टाइनमा बसेकी उनको र्यापिड टेस्टका क्रममा नेगेटिभ नतिजा आएको थियो । तर, थप परीक्षणका लागि काठमाडौं पठाइएको स्वाबमा उनको नतिजा पोजेटिभ देखिएको हो । अहिले ती महिलालाई सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जनाइएको छ । यसअघि आइतबार वीरगञ्जको मस्जिदमा बसेका तीन भारतीय नागरिकमा पनि कोरोना पोजेटिभ भएको पुष्टि भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस