रौतहटका युवालाई पनि कोरोना संक्रमण, संक्रमितको संख्या १४ पुग्यो !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख १, सोमबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

बैशाख १, काठमाडौं । कोरोना भाइरस कोभिड १९ संक्रमित दुई एक जनामा देखिएको छ। सोमबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कैलाली र रौतहटमा गरी दुई जनामा संक्रमण देखिएको हो ।

रौतहटको क्वारेन्टाइनमा रहेका १९ वर्षीय युवामा कोरोना संक्रमण देखिएको हो । उनी केही दिन अघि मात्रै भारतबाट घर आएका थिए । उनी इशनाथ नगरपालिकाको क्वारेन्टाइनमा बसेका थिए । त्यस्तै सोमबारसम्म कोरोना भाइरस संक्रमणको आशंकामा ५ हजार ६ सय ९१ नमूना परीक्षण गरिएको छ । जसमध्ये १४ जनाको कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये एक जना निको भएर फर्किसकेका छन् ।
२४ घन्टामा नयाँ ५ सय १९ नमूना परीक्षण भएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ४ हजार ४ सय ३२ र नयाँ ४ सय ११ वटा रहेका छन् । त्यसैगरी जनस्वास्थ्य प्रयोगशाला बाहिर १२ सय ५९ मध्ये नयाँ १०८ वटा नमूना परीक्षण भएका छन् ।

प्रत्येक प्रदेशमा आरडीटी प्रविधिबाट कोरोना परीक्षण सुरु भएको छ। ५२ जिल्लाबाट आरडीटी प्रविधिबाट परीक्षण सुरु भएको छ । सोमबारसम्म यो प्रविधिबाट परीक्षण गरिएका ५ हजार २ सय ९१ नमूना छन् । पीसीर प्रविधि र आरडीटी परीक्षणबाट १० हजार ९ सय ८२ वटा परीक्षण भइसकेको छ । यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ७ हजार १ सय ६६ जना छन् । आइसोलेसनमा १०३ वटा छन् ।जसमध्ये उपत्यकामा ९ र उपत्यका बाहिर ९४ जना छन् । सोमबारसम्म २१९ जना रेड जोनमा परेका छन् ।

कोभिड संक्रमित र सम्भावितहरु र अन्य बिरामीको उपचारमा कसरी र कुन कुन अस्पतालले सेवा दिनेबारे निर्देशिक जारी गरेको मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिए । देवकोटाका अनुसार पर्साको विभिन्न मस्जिदमा रहेका २८ जनाको कोरोना परीक्षण सम्पन्न भएको छ । पर्सा जिल्लाका छपकैया टोलमा ५९ जनाको र्‍यापिड किटबाट परीक्षण गरिएको छ । सबैको रिपोर्ट नेगेटिभ आएको छ । त्यहाँको क्वारेन्टाइनमा रहेकाको र्‍यापिड किटबाट परीक्षण सुरु गरिको छ । कोरोना संक्रमितहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस