बैशाख १, काठमाण्डौ । सरकारले अनलाइनबाटै लिन सकिने गरी अतिआवश्यक सवारी साधन सञ्चालनका लागि ई(पासको व्यवस्था गरेको छ । अब खाद्यान्न, बिरामी ओसारपसार, शववहान र अति आवश्यक परेको खण्डमा अनलाइनबाटै फाराम भरेर सवारी पास लिन सकिने भएको हो ।
जिल्ला प्रशासन कार्यालयले आवश्यकतालाई ध्यानमा राखि ई(पास वितरण गर्नेछ । ई पास प्रणालिको सुरु मंगलबारदेखि मात्रै हुनेछ । ई(पास सबैलाई भन्दा पनि प्राप्त प्रमाणका आधारमा अति आवश्यक परेकालाई मात्रै दिइने छ । पास लिनको लागि epass.moha.gov.np मा जानुपर्ने हुन्छ ।