नेपालमा कोरोना अपडेट: १२ हजार ६ सय ९ को परीक्षण, १६ जना संक्रमित !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख २, मंगलबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

वैशाख २, काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवारसम्म १२ हजार ६ सय ९ जनामा कोरोना परीक्षण गरिएको जनाएको छ । मन्त्रालयको नियमित पत्रकार ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले पिसिआर र र्‍यापिड टेस्ट गरी परीक्षण गरिएको बताए ।

उनले २१ जिल्लामा मात्रै कोरोनाको परीक्षण हुन बाँकी रहेको बताए । उनका अनुसार मोबाइल एपबाट कोरोना परीक्षणका लागि १६ हजार ४ सय ४८ जनाले नाम दर्ता गराएका छन् । ५ हजार ७ सय ७१ क्वारेन्टाइनमा र आइसोलेसनमा ९९ जना छन् । नेपालमा हालसम्म १६ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा भेटिएका कोरोना संक्रमितहरुको स्वास्थ्य सामान्य रहेको छ। नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले मंगलबार सबै जनाको स्वास्थ्य सामान्य रहेको बताएका हुन्।

हालसम्म नेपालमा १६ जनामा संक्रमण देखिएको छ, जसमध्ये एक जना निको भइसकेका छन् । अन्य १५ जना संक्रमितको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। काठमाडौंको टेकु अस्पतालमा २ जना, पाटन अस्पतालमा २ जना, बागलुङस्थित धौलागिरी अञ्चल अस्पतालमा २ जना, सुदूरपश्चिम प्रदेशको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ४ जना, र वीरगञ्जस्थित नारायणी अस्पतालमा ४ जनाको उपचार भइरहेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस