लकडाउनको आज २४औँ दिन, कारबाहिको दायरा बढेपछि उल्लंघनका घटनामा कमी !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख ४, बिहिबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

वैशाख ४, काठमाडौं । चैत ११ गतेदेखि जारी कोरोना भाइरस संक्रमण रोक्न गरिएको लकडाउन बैशाख ४ गतेसम्म आइपुग्दा २४ औं दिनमा चलिरहेको छ । सरकारले लकडाउन बैशाख १५ गतेसम्म थपिसकेको छ । पछिल्लो समय संक्रमितको संख्या बढेर १६ पुगिसकेको छ ।

त्यसैगरी आशंका गरेर आइसोलेसनमा राखिएकाहरु ९९ जना भएकाले पनि लकडाउन बढाउनु पर्ने बताइएको छ । त्यस्तै भारतमा अझ बढी संक्रमित भएकाले पनि लकडाउन बढाउनुको विकल्प नभएको बताइन्छ । लकडाउनका कारणका सर्वसाधारणलाई समस्या भएको छ । घरमै बसेर लकडाउनको पालना गर्दा संक्रमण नफैलिने नीति अनुसार सरकारले लकडाउन गरे पनि त्यसलाई उल्लंघन गर्नेहरु पनि उल्लेख्य छन् । ट्राफिक प्रहरी महाशाखाका प्रहरी निरीक्षक शंकर श्रेष्ठका अनुसार बिहीबार बिहान सवारी साधनको अवस्था सामान्य रहेको छ । बिहान ४ बजेदेखि नै लकडाउन उल्लंघन गर्नेहरुलाई कार्वाही गर्ने क्रम रहेको छ । बिहान ६ बजेसम्म ५४ मोटरसाइकल र चार पाङ्ग्रे ३ वटा सवारीलाई होल्डमा लिइएको छ । विगत २४ घण्टामा ४८९ वटा सवारीलाई नियन्त्रणमा लिइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस