तातोपानीबाट औषधि ल्याउन स्थानीयवासीले सहजीकरण गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख ४, बिहिबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

वैशाख ४, मेलम्ची । तातोपानी नाकाबाट कोरोना भाइरस नियन्त्रण र उपचारमा प्रयोग हुने औषधि आयात गर्न स्थानीयवासीले पनि सहजीकरण गर्ने भएका छन् । चीनसँग जोडिएको तातोपानी नाका खुलाउँदा कोभिड–१९ को सङ्क्रमण फैलनसक्ने भएकाले स्थानीयवासीले आफूहरु त्रसित भएको बताउँदै तातोपानीस्थित सुक्खा बन्दरगाहमा भेला भएर सरकारी निर्णयको विरोध गरेपनि अहिले समझदारीमा आएका छन् ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढाकाल, स्थानीय जनप्रतिनिधि र भन्सार प्रमुखबीचको छलफलमा सङ्क्रमण फैलन नदिन उच्च सावधानी अपनाएर औषधि आयातलाई सहज बनाउने सहमति भएको छ । उक्त सहमतिपछि अब नाकाबाट औषधि आयातमा स्थानीयवासीले अवरोध जनाउने छैनन् । भोटेकोशी गाउँपालिका–२ का वडाध्यक्ष दीपेन्द्र श्रेष्ठका अनुसार प्रजिअ ढकाल र गाउँपालिका अध्यक्ष राजकुमार पौडलले बीच टेलिफोनमा भएको कुराकानीका आधारमा तत्काल औषधि ल्याउन स्थानीयवासीले सहजीकरण गर्ने समझदारी भएको हो ।

बाह्रबिसे नगरपालिकामा सहुलियत पसल
नगरवासीलाई सस्तो र सुलभ मूल्यमा दैनिक उपभोग्य सामग्री उपलब्ध गराउने उद्देश्यले लकडाउन अवधिभर बाह्रबिसे नगरपालिकाले सुपथ मूल्यको पसल सञ्चालन गर्ने भएको छ । जिल्लाका १२ स्थानीय सरकारमध्ये लकडाउनलाई मध्यनजर गर्दै बाह्रबिसे नगरपालिकाले पहिलोपटक यस्तो पसल सञ्चालन गर्न लागेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस