वैशाख ५, धादिङ । धादिङमा र्यापिङ टेस्टमा १ जनामा पोजेटिभ देखिएको मा अन्ततः कोरोना नभएको पुष्टी भएको छ । र्यापिङ टेस्टमा पोजेटिभ देखिएका ज्वालामुखी गाउँपालिकाका एक युवा र त्रिपुरासुन्दरीका एक युवाको कोरोना रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल धादिङले जनाएको छ ।
धादिङको ज्वालामुखी गाउँपालिकामा १ जनाको कोरोना परिक्षणको रिपोर्ट पोजेटिभ आएको थियो । मंगलबार गाउँपालिकामा भारत लगाएत तेश्रो मुलुकबाट आएर क्वारेन्टाइनमा बसिरहेकाहरुको र्या्िपड टेस्ट आरडीटी किट बाट कोरोना भाइरसको परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको थियो । पोजेटिभ देखिएका २७ वर्षिय युवक दक्षिण कोरिया बसेर गत फागुन २१ गते घर फर्किएका र उनलाई होम क्वारेन्टिनमा राखिएको थियो । आरडीटी किटबाट पोजेटिभ देखिएका व्यक्तिलाई पिसिआर परिक्षणका लागि नमूना संकलन गरेर काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल लगिएकोमा नेगेटिभ आएको हो ।