कोरोना : २४ घण्टामा ४ हजार बढीको परीक्षण, नयाँ संक्रमित भेटिएनन्, संक्रमित सबै सामान्य !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख ५, शुक्रबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

वैशाख ५, काठमाडौं । कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा ४ हजार ८ सय २२ जनाको नमूना परीक्षण भएको छ। उक्त अवधिमा नयाँ संक्रमित भेटिएको छैन । यो सँगै कोरोनाको आशंकामा परीक्षण हुनेको संख्या २४ हजार २ सय ५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ७ हजार ६ सय ८८ पिसिआरबाट र १६ हजार ५ सय ६५ जनाको आरडीटीबाट परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए ।

पिसिआर प्रविधिबाट कोरोना परीक्षणका लागि मन्त्रालयले पाटन अस्पतालमा उपकरण जडान गरेको छ। केही दिनमै परीक्षण सुरु हुने मन्त्रालयले जनाएको छ । यो सँगै पिसिआरबाट कोरोना परीक्षण हुने स्थानको संख्या १४ पुग्नेछ । सोलुखुम्बु र डोल्पा बाहेक ७५ जिल्लामा आरडीटीबाट कोरोनाको परीक्षण सुरु भइसकेको प्रवक्ता देवकोटाले बताए । मन्त्रालयले सबै प्रदेशमा गरी हाल कुल ३० हजार आरडीटी किट पठाएको छ ।

काठमाडौं उपत्यकामा ५ र बाहिर ८५ गरी जम्मा ९० जना व्यक्ति आइसोलेसनमा भर्ना भइ उपचाररत छन् । मुलुकभर हाल ४ हजार ६ सय ७ जना क्वारेन्टाइनमा छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस