वैशाख ५, उदयपुर । उदयपुरको मस्जिदमा बसेका ८ भारतीय नागरिकमा कोरोना पोजेटिभ भेटिएको छ । त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा बसेका १० मध्ये ८ जनाको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको हो ।
र्यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएपछि उनीहरुको स्वाब परिक्षण गर्न बिराटनगरस्थित कोशी अञ्चल अस्पताल पठाईएको छ ।