संक्रमितसँग सम्पर्कमा आएकाहरुको ट्रेसिङ गरिदै

Post Thumbnail

वैशाख ६, नारायणगढ । चितवनको राप्ती नगर पालिकामा भेटिएका कोरोना भाईरस कोभिड १९ को संक्रमित ब्यक्तिहरुको सम्पर्कमा आएकाहरुको पहिचानको काम ट्रेसिङ शुरु गरिएको छ । शुक्रवार साझ उनीहरुमा संक्रमण पुष्टि भएसगै जिल्ला प्रशासन कार्यलय र जनस्वास्थ्य कार्यालयले पहिचानको काम शुरु गरेको हो ।

संक्रमित दुवै चैत ३ गते कतार एयरवेज मार्फत बेलायतबाट हङ्कङ हुर्दै नेपाल आएका हुन् । नेपाल आएपछि उनिहरुले कसकसलाई कहाँ कहा भेटे भन्ने वारेमा अहिले खोजी भै रहेको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो । उनिहरु सार्वजनिक सवारी साधनवाटै चितवन आएका वताइन्छ ।

सक्रमित आमा छोरा हुन् । उनिहरु नेपाल आएपछि दुई दिन काठमाडामा बसेर चितवन आएका थिए । अहिले सक्रमितको घर र परिवार सवैलाई आइसोसलेशनमा राखिएको छ । कतिलाई घरमै क्वारेनटाइनमा राखिएको छ भने कतिलाई भतपुर अस्पताललको आइसोलेशनमै राखिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस