१४ वर्षीय बालकमा र्यापिड टेस्ट पोजेटिभ, स्वाब काठमाडौं पठाइयो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख ७, आईतबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

वैशाख ७, सर्लाही । र्यापिड डायग्नोष्टिक टेस्ट किटबाट गरिएको परीक्षण आरडीटी मा पोजिटिभ देखिएका सर्लाही धनकौलका बालकको स्वाब पीसीआर विधिबाट परीक्षण गर्न काठमाडौं पठाइएको छ । गत चैत २३ गते भारतको दिल्लीबाट आएका १४ वर्षीय बालकको शुक्रवार बेलुका आरडीटी परीक्षणमा पोजेटिभ रिपोर्ट आएको थियो । त्यस लगत्तै धनकौल क्वारेन्टाईनमा राखिएका बालकलाई प्रादेशिक अस्पताल, जनकपुरको आइसोलेसनमा पु¥याएर भर्ना गरिएको छ । दिल्लीको एक झोला कारखानामा काम गर्ने बालकलाई रौतहटको गौर हुँदै घर आएको सूचना पाउने बित्तिकै प्रहरीले क्वारेन्टाइनमा लगेर राखेका थिए ।

बालकसँगै क्वारेन्टाईनमा राखिएका अर्का एक पुरुषलाई पनि जनकपुर पठाइएको छ । आरडीटी परीक्षणमा ती पुरुषको भने नेगेटिभ रिपोर्ट आएको थियो । स्रोतका अनुसार आरडीटी परीक्षणमा पोजेटिभ रिपोर्ट आएको बालकको स्वाब परीक्षणका लागि जनकपुरबाट शनिबार काठमाडौं पठाइएको छ । स्वाबको पीसीआर परीक्षणको रिपोर्ट आउन केही समय लाग्ने चिकित्सकले बताएका छन् ।

सर्लाहीमा हालसम्म क्वारेन्टाईनमा बसेका ६८ जनाको आरडीटी परीक्षण गरिएको छ । जसमा धनकौलका एक बालक बाहेक सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस