वैशाख ७, काठमाडौं । पीसीआर मेसिनबाट परीक्षण गर्दा कोरोना भाइरस संक्रमण देखिएका नमुनाको पुष्टि गर्न थप दुई स्थान तोकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पीसीआर मेसिनमा कोरोना परीक्षण गर्दा संक्रमण देखिएमा पूर्वको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र पश्चिमको नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालाले एकिन गर्ने मन्त्रालयले आइतबार गरेको प्रेस ब्रिफ्रिङमा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिए ।