वैशाख ८, काठमाडौं । नेपालमा हालसम्म कोरोना संक्रमण भए नभएको पुष्टि गर्नको लागि दुईवटा विधीमार्फत् ३३ हजार ५ सय ६२ जनाको जाँच गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म र्यापिड डाईग्नोस्टिग टेष्ट ९आरडिटी विधी० मार्फत् २५ हजार १ सय ४८ जनाको जाँच गरिएको छ भने पिसीआर विधीको माध्यमबाट हालसम्म ८ हजार ४ सय १४ वटा जाँच गरिएको छ ।
जसमध्ये गत २४ घण्टामा मात्रै ३ सय २४ वटा परिक्षण भएको छ । ३ हजार १९ वटा नमूना आरडिटी विधीबाट जाँच गरिएको छ । स्वास्थ्य मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मनत्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले सबै प्रदेशमा यो प्रविधीमार्फत् जाँच सुरु गरिएको जानकारी दिँदै उनले भने,”आरडिटी सबै जिल्लामा सुरु भइसकेको छ । प्रदेश नम्बर एकमा हालसम्म २ हजार ३ सय ४९ वटा परीक्षण भएको छ ।”
प्रदेश नम्बर २ मा हालसम्म ३ हजार २ सय ३८ वटा बाग्मती प्रदेशमा हालसम्म ४ हजार ६ सय ७६ वटा गण्डकी प्रदेशमा ३ हजार ७ सय ५१ वटा प्रदेश नम्बर ५ मा २ हजार ३ सय २४ वटा कर्णाली प्रदेशमा ३ हजार २ सय ३२ वटा र सुदूरपश्चिम प्रदेशमा ५ हजार ५ सय ७८ वटा परीक्षण भएको छ । हालसम्म ५ हजार ९ सय ३६ जना क्वारेन्टाईनमा बसेका छन् । आईसोलेसनमा बसेका बिरामीको संख्या १ सय ११ जना रहेको छ । काठमाडौं उपत्यका ४ जना छन् भने उपत्यकाबाहिर १ सय ७ जना छन् ।
हालसम्म मन्त्रालयको १११५ र ११३३ मा गत २ हजार २ सय ९९ वटा कल आएकोमा सबैको जिज्ञाशा सम्बोधन गरिएको छ । गण्डकी प्रदेशको कल सेन्टरको नम्बर प्राप्त भएको जानकारी दिँदै डाक्टर देवककोटाले १०९२ मा कल गरेर निशुल्क रुपमा जानकारी लिन सकिने बताए । त्यस्तै सुदूरपश्चिम प्रदेशमा पनि ११४८ मा कल गरेर जानकारी लिन सकिन्छ ।
वेवपेज र मोबाईल एपमा कल गरेर आफ्नो विवरण टिपाई स्वमूल्यांकन गर्नेहरुको संख्या २१ हजार २ सय ९१ जना पुगेको छ । जसमध्ये ४ सय ५७ जनाले गत २४ घण्टामा आफ्नो विवरण स्मूल्यांकनको फाराम भरेकोमध्ये ३ जना रेड जोनमा परेका छन् । हालसम्म रेड जोनमा पर्नेको संख्या २ सय ६३ पुगेको छ । रेड जोनमा पर्नेहरुको कन्ट्रयाक ट्रेसिङ गर्ने, विवरण राख्ने, उनीहरुको जानकारी लिने, नमूना परिक्षण तथा अनुगमनको लागि जाँच गर्ने लगायत कामको लागि सम्बन्धित स्थानीय तहमा खबर गर्ने काम गरिरहेको छ ।
यसैबीच हालसम्म नेपालमा पुष्टि भएका ३१ जना संक्रमितमध्ये ४ जना स्वास्थ्यलाभ गरी घर फर्किएका छन् भने बाँकी २७ जनाको विभिन्न अस्पतालमा चिकित्सकको विशेष निगरानीमा उपचार भइरहेको छ । उनीहरुको अवस्था समान्य रहेको छ ।