नेपाली सेनाले भारतबाट साढे २ करोडको औषधि ल्याउँदै

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ बैशाख १०, बुधबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

वैशाख १०, काठमाडौं । नेपाली सेनाले भारतबाट २ करोड ४० लाख रुपैयाँ बराबरको औषधि ल्याउने भएको छ । कोरोना कोभिड–१९ भाइरसको उपचारका लागि आवश्यक औषधि खरिदका लागि १ करोड ५० लाख भारतीय रुपैयाँ नेपाली २ करोड ४० लाख बढी भुक्तानी दिन लागिएको हो । रकम भुक्तानीका लागि नेपाली सेनाको जंगीअड्डाले बुधबार रक्षा मन्त्रालयलाई पत्राचार गर्दैछ । रक्षामार्फत भारतलाई रकम भुक्तानी गर्न परराष्ट्र मन्त्रालयमा पत्राचार हुने जंगीअड्डा स्रोतले बतायो ।

रकम जम्मा गरेपछि भारतले दिल्लीस्थित नेपाली दूतावासमा ५३ प्रकारका औषधि जम्मा गर्नेछ । त्यसपछि नेपालले आवश्यक औषधि ल्याउनेछ । सेनाले आइतबार चीनबाट स्वास्थ्य सामग्री ल्याउन २ अर्ब २५ करोड रुपैयाँ बढीको सम्झौता गरिसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस