वीरगन्जमा दुई जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५१ पुग्यो !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख १४, आईतबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

वैशाख १४, काठमाण्डौ । नेपालमा थप दुई जनामा कोरोनाभाइरसको संक्रमण भेटिएको छ । वीरगन्ज निवासी ५० वर्षीय दुई पुरुषमा संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, काठमाडौं टेकूस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको नमूना परीक्षणबाट उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५१ पुगेको छ । संक्रमितमध्ये हालसम्म १२ जना निको भएका छन्। ३९ जनाको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस