वैशाख १६, काठमाण्डौ । मंगलबार थप २ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । भारतबाट आई रौतहटको क्वारेन्टाइनमा बसेका २ जनामा भाइरस संक्रमणको पुष्टि भएको हो । रौतहटको वृन्दावन नगरपालिका ९ भुसाहाटोलका २८ बर्षीय एक पुरुषमा भाइरस पुष्टि भएको हो । चपुर नगरपालिकामा रहेको एन्फा भवनको क्वारेन्टाइन बसेका उनमा प्रादेशिक अस्पताल जनकपुरमा पीसीआर परिक्षण गर्दा देखिएको देखिएको थियो । तर संक्रमणको लक्षण देखिएपछि थप पुष्टि गर्दा टेकुमा पठाईएकोमा टेकुमा पनि पोजेटिभ नतिजा आएको हो । उनी चैत्र २२ गते भारतको कोलकाताबाट आएको जनाईएको छ ।
त्यस्तै देवाही गोनाही नगरपालिका १ करुनिया टोलका ३५ बर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । २० दिन अगाडी दिल्लीबाट आएर त्यहाँको पोलीटेक्निक इन्स्टिच्युटको क्वारेन्टाइन बसेका उनको आरडिटी टेस्ट पोजेटिभ आएको थियो । थप परिक्षणको लागि टेकु अस्पतालमा पठाईकोमा उनमा कोरोना पुष्टि भएको हो । यस संगै संक्रमितको संख्या ५४ पुगेको छ ।