आज नयाँ कोरोना संक्रमित भेटिएनन्, ४३ जनाको विभिन्न अस्पतालमा उपचार जारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख २०, शनिबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

वैशाख २०, काठमाण्डौ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को परीक्षण दायर बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबारबाट देशभरका १७ अस्पतालबाट पोलिमरेज चेन रियाक्सन (पीसीआर) विधिबाट परीक्षण सुरु भएको हो । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शनिबार विराटनगरस्थित कोसी अस्पतालसँगै त्यहाँ रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाबाट पीसीआर विधिबाट कोरोना परीक्षण सुरु भएको जानकारी दिए ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट १३ हजार ९८ नमुना परीक्षण भएका छन् भर्र्ने यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट ४८ हजार ५ सय २९ नमुना परीक्षण भएका छन ्। पछिल्लो २४ घण्टामा १२ सय ५२ नमुना परीक्षण भएको छ । २४ घण्टामा परीक्षण भएका नमुनामा सबै रिपोर्ट नेगेटिभ आएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म ५९ जना संक्रमित छन् । जसमध्ये १६ जना निको भएर डिस्चार्ज भएका छन् भने ४३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सातै प्रदेशमा गरेर २२ हजार ९ सय ७८ जना क्वारेन्टाइनमा छन ्। उपत्यकामा चार र बाहिर ८५ गरेर ८९ जनाको आइसोलेसनमा उपचार भइराखेको छ । मन्त्रालयका अनुसार अहिलेसम्म देशभरका १७ अस्पतालमा पीसीआर विधिबाट स्वाबको नमुना परीक्षणा भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस