लकडाउन लम्बिने !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख २१, आईतबार (५ साल अघि)
  • ५७ पटक पढिएको
Post Thumbnail

वैशाख २१, काठमाडौं । सरकारले लकडाउन फेरि लम्ब्याउने संकेत गरेको छ । २५ वैशाखसम्म रहेको लकडाउन लम्ब्याउनेबारे आउँदो मन्त्रिपरिषद बैठकले टुंगो लगाउने भएको हो । आज बसेको मन्त्रिपरिषद बैठकमा लकडाउनबारे समेत छलफल भएको बुझिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमा कोरोना भाइरसका संक्रमित बढिरहेको अवस्थालाई समेत दृष्टिगत गरी सीमामा कडाई गरी लकडाउन लम्ब्याउने प्रष्ट पारेको विश्वस्त स्रोतले जानकारी दिएको छ ।

तर, यसपटक लकडाउन लम्ब्याउँदा विभिन्न क्षेत्रलाई ग्रिन, एलो र रेड जोनमा विभाजित गरी खुकुलो समेत पार्ने तयारी भएको छ । यसका लागि मुख्यसचिव लोकदर्शन रेग्मीले आउँदो क्याबिनेटमा प्रस्ताव प्रस्तुत गर्ने भएका छन् । उनले मोडालिटीको मस्यौदा तयार गरिसकेको बुझिएको छ । स्रोतका अनुसार कृषि कर्म गर्न दिने, सडकलगायत निर्माणमा जनशक्ति परिचालन गरी रोकथामको उपायसहित काम अगाडि बढाउने तयारी भएको छ । कामका लागि राहतको नीतिसहित सरकार अगाडि बढ्न खोजेको बुझिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस