आज १० जनामा देखियो कोरोना संक्रमण, संक्रमितको संख्या ६९ पुग्यो !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख २१, आईतबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

वैशाख २१, काठमाण्डौ । नेपालमा एकै दिन आइतबार १० जनामा कोरोनाभाइरस कोभिड १९ संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्रालयका प्रवक्ता डा विकाश देवकोटाले वीरगञ्जमा एक जना र नेपालगञ्जमा नौ जनामा कोरोनाभाइरस पोजेटिभ देखिएको पुष्टि गरे । कोरोना अपडेटबारे आयोजित मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा देवकोटाले भने, ‘वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

आज भेरी अस्पतालको प्रयोगशालमा थप ९ जनामा कोरोना संक्रमण देखिएको हो ।’ उनकाअनुसार नेपालगञ्जमा कोरोना पोजेटिभ देखिएकाहरु पाँच पुरुष र चार महिला गरी ७ देखि ५८ वर्ष उमेर समूहका रहेका छन् । वीरगञ्जका ३६ वर्षीय पुरुषको राष्ट्रिय जनसस्वास्थय प्रयोगशाला गरिएको परीक्षणमा संक्रमण भएको पुष्टि गरिएको हो । नेपालगन्जमा कोरोना संक्रमितहरुलाई कोरोना अस्थायी विशेष अस्पताल ल्याइने उनले बताए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ ।

परिक्षणको विवरण
नेपालमा अहिलेसम्म ६३ हजार १०२ जनाको नमूना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पिसिआरबाट १३ हजार ४१४ जना र र्यापिड टेस्टबाट ४९ हजार ६८८ जनाको परीक्षण गरी कुल ६३ हजार १०२ जनाको नमूना परीक्षण भएको हो । मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले पछिल्लो २४ घण्टामा १ हजार ४७९ जनाको नमूना परीक्षण भएको जानकारी दिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस