काठमाडौँ भित्रिने नाकामा थप कडाइ, पासका सवारी पनि रोक्दै प्रहरी !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख २२, सोमबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

वैशाख २२, काठमाडौँ । प्रहरीले काठमाडौँ उपत्यका भित्रिने नाकाहरुमा थप कडाइ गरेको छ । लकडाउनलाई थप कडाइ गर्न प्रधानमन्त्री केपी ओलीले गृहमन्त्रीलाई निर्देशन दिएपछि प्रहरीले उपत्यका भित्रिने नाकामा थप कडाइ गरेको हो । आइतबार साँझदेखि जिल्ला प्रशासन कार्यालयको पास लिएर आएका सवारी साधनलाई पनि चेकजाँचमा कडाइ गरिएको छ ।

जिल्ला प्रशासनले सवारी पास दिने तर प्रहरीले रोक्ने गरेपछि अन्यौल बढेको छ । आफूले वितरण गरेका सवारी पास रोकेपछि सिडिओहरुले प्रहरीलाई फोन गरेर गुनासो गरिरहेका एक प्रहरी अधिकृतले बताए । सरकारले चौथो पटक थपेको लकडाउनको अवधि वैशाख २५ गते सकिँदैछ । काठमाडौँ उपत्यकामा कोरोना भाइरसका नयाँ संक्रमित देखिएका छैनन् ।

ताजा अपडेट

खोजी गर्नुहोस