वैशाख २२, डडेल्धुरा । कोरोना भाइरस कोभिड–१९ संक्रमितको मृत्यु हुन गएको खण्डमा त्यसको शव व्यवस्थापन गर्ने सम्बन्धी प्रशिक्षण आज यहाँ सञ्चालन भएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराले कोरोना भाइरस संक्रमितको मृत्यु भएको खण्डमा त्यसको शव कसरी व्यवस्थापन गर्ने सम्बन्धी प्रशिक्षण दिएको हो । जनस्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठ र जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले कोरोना भाइरस संक्रमितको शव व्यवस्थापन सम्बन्धी प्रशिक्षण दिएका छन् ।
कोरोना महामारीबाट मृत्यु हुनेहरुको शव समयमै व्यवस्थापन गर्न नसके थप सङ्कट सिर्जना हुनसक्ने भएकाले समयमै सतर्कता अपनाउनका लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुराका १० जना प्रहरी अधिकृतलाई सो विषयमा प्रशिक्षण दिएको प्रशिक्षक एंव प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।