नेपालमा कोरोना संक्रमण तेस्रो चरणमा प्रवेश ! अझ बढी सजक हुनुपर्ने चिकित्सकको भनाई

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख २२, सोमबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

वैशाख २२, नेपालगञ्ज । एकै टोलका १५ जनासहित १६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य सामाग्रीसहित केन्द्र र प्रदेशबाट विज्ञसहितको प्राविधिक टोली आउन लागेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । टोलीले सबै अवस्थाको निगरानी गर्नुका साथै परीक्षणलाई बढाउने तथा बढी भन्दा बढी मानिसहरुलाई परीक्षणको दायरामा ल्याउन रणनीति बनाउने स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशमान श्रेष्ठले बताए ।

एकै पटक यति धेरै जनामा संक्रमण देखिएपछि कसरी अगाडि बढ्ने भन्ने बारेमा योजना बनिरहेको बताउँदै उनले नेपालगञ्ज उपमहानगरपालिका–८ जुलाहानपुरका तीन सय जनाको ‘कन्ट्याक्ट ट्रेसिङ’ गरिएको बताए । उनीहरु सबैको स्वाब संकलन गरेर परिक्षणको तयारी भैरहेको श्रेष्ठले बताए । पछिल्लो पटक संक्रमित देखिएकाहरू स्थानीयमाझ घुलमिल भइसकेकाले टोलभरिका बासिन्दाको स्वाब संकलन गर्नुपर्ने अवस्था आएको फोकल पर्सन श्रेष्ठको भनाइ छ । यो घटनापछि नेपालगञ्जमा कोरोना ‘कम्युनिटी ट्रान्समिसन’ संक्रमितबाट अर्को व्यक्तिमा सरेको र संक्रमण तेस्रो चरणमा प्रवेश गरेको चिकित्सकहरुको भनाइ छ ।

‘कोरोनाको चरण यकिन गर्ने स्वास्थ्य मन्त्रालय भए पनि नेपालगञ्जमा कम्युनिटी ट्रान्समिसन भइसक्यो,’ भेरी अस्पताल नेपालगञ्जका मेडिकल विभाग प्रमुख डा राजन पाण्डेले भने ‘कोरोनाको संक्रमण दोस्रो चरणको बोर्डर नाघिसक्यो ।’ सो घटनापछि जुलाहनपुरलाई चारैतिरबाट पूर्ण रुपमा सिल गरिएको छ भने नगरका धेरै जसो वडाहरु सिल गरिसकिएका छन् ।

भेरी अस्पतालका प्रमुख डा। प्रकाश थापाले कोरोनाको संक्रमण देखिएका व्यक्तिहरूलाई खजुरास्थित क्यान्सर अस्पतालमा बनाइएको आइसोलेसनमा राखिएको बताए । पहिलो संक्रमितको सम्पर्कमा आएका ९० जनाको स्वाब संकलन भएकोमा ५५ जनाको परिक्षणमा १५ कोरोना संक्रमीत पहिचान भएको थियो । जारी थप परिक्षणको नतिजा आउदै गरेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस