आज कोरोना संक्रमित थपिएनन्, उपचाररत बिरामीको अवस्था सामान्य, प्रदेश १ मा संक्रमितको संख्या धेरै !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख २२, सोमबार (५ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

वैशाख २२, काठमाडौं । देशभरका अस्पतालमा उपचारत कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयको नियमित लाइभ अपडेटमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले देशभरका विभिन्न अस्पतालमा उपचारत कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका हुन् ।

मन्त्रालयका प्रवक्ता डा देवकोटाका अनुसार हालसम्म देशभर ७५ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ५८ जना पुरुष र १७ जना महिला रहेका छन् । रुपन्देहीमा एकजना, नेपालगञ्जमा १६, धनगढीमा १, भरतपुरमा एक,वीरगञ्जमा ९ र विराटनगरमा ३१ जना गरी ५९ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसोलेसनमा उपचारत छन् । डा देवकोटाका अनुसार सबै भन्दा धेरै कोरोना संक्रमित प्रदेश नम्बर १ मा ३१ जना रहेका छन् ।

यस्तै प्रदेश नम्बर ५ मा १७ प्रदेश नम्बर २ मा १३, बाग्मती प्रदेशमा ७, सुदुरपश्चिम प्रदेशमा ५ जना र गण्डकी प्रदेशमा २ जनामा कोरोना संक्रमण देखिएको छ । डा देवकोटाका अनुसार कर्णाली प्रदेशका जिल्लाहरुमा भने हालसम्म कोरोना संक्रमित देखिएका छैनन् । हालसम्म पिसिआर विधिबाट १३ हजार ६ सय वटा नमूना परीक्षण गरिएको छ भने आरडीटी विधिबाट ५० हजार ८ सय ४५ वटा नमूना परीषण गरिएको छ । डा देवकोटाका अनुसार हाल देशभरका क्वारेन्टाइनमा २१ हजार ५ सय २३ जना रहेका छन् । यस्तै देशभरका आइसोलेसनमा १ सय ६जना रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस