जडित क्षमता तीन हजार मेगावाट, प्रतिव्यक्ति खपत ३५० युनिट

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ जेष्ठ ३, शनिबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

जेठ ३, काठमाण्डौ । आगामी दुई वर्षमा पूर्ण विद्युतीकरणको लक्ष्यसहित सरकारले ऊर्जा क्षेत्रमा महत्वपूर्ण र दुरगामी महत्वका आयोजना बनाउने नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । संघीय संसदको संयुक्त सदनमा राष्ट्रपति विद्यादेवी भण्डारीले पेश गरेकी आगामी आर्थिक वर्ष २०७७,०७८ को नीति तथा कार्यक्रममा ठूला जलविद्युत् आयोजना तथा प्रशारणलाइन निर्माणदेखि, खपत विस्तार र अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनसम्मका महत्वपूर्ण योजना सार्वजनिक गरिएको हो ।

योजनाअनुसार हाल एक हजार तीनसय मेगावाट जडित क्षमता रहेको नेपालको विद्युत् प्रवाहलाई आगामी आर्थिक वर्षमा दोब्बरभन्दा धेरै तीन हजार मेगावाट पुर्याउने लक्ष्य छ । यसका लागि चालु आर्थिक वर्षमै सम्पन्न गर्ने लक्ष्य लिईएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालगायतका आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ । त्यस्तै गरी हाल वार्षिक २६३ किलोवाट आवर प्रतिव्यक्ति रहेको ऊर्जा खपतलाई ३५० पुर्याउने लक्ष्य सार्वजनिक गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस