डब्लुएचओले किन रोक्यो कोरोना भाइरसमा प्रयोग भएको हाइड्रोक्सिक्लोरोक्वीनको परीक्षण ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ १३, मंगलबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

जेठ १३, काठमाडौं । कोरोना भाइरस संक्रमितको उपचारमा प्रयोग गर्न सकिने बताइएको मलेरियाको औषधि हाइड्रोक्सिक्लोरोक्वीनको परीक्षण सुरक्षा जोखिमलाई मध्यनजर गरेर बन्द गरिएको विश्व स्वास्थ्य संगठन डब्लुएचओले जनाएको छ । सावधानी स्वरुप विश्वका विभिन्न देशमा भइरहेको परीक्षण अस्थायी रुपमा बन्द गरिएको डब्लुएचओले जानकारी दिएको हो ।

हाइड्रोक्सिक्लोरोक्वीन मलेरियासहित लुपस र आर्थाइटिसमा प्रभावकारी हुन्छ । तर कोरोना भाइरसको संक्रमण भएका बिरामीका लागि यो उपयुक्त हुने प्रमाण अझै फेला नपरेको डब्लुएचकोले बताएको छ । डब्लुएचओ अधिकारीहरुले स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने देखिएकाले सावधानी स्वरुप हाइड्रोक्सिक्लोरोक्वीनलाई सम्भावित औषधिको परीक्षण सूचीबाट हटाइएको पनि बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगातार यो औषधि कोरोना भाइरसको उपचारमा प्रयोग हुने बताउँदै आएका छन् । उनी आफैंले कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि हाइड्रोक्सिक्लोरोक्वीन खाएको पनि बताएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस