धार्के-सितापाईला सडकमा ग्राभेल गरिँदै,बाह्रै महिना सवारी सञ्चालन हुने

  • अनलाइन केन्द्र
  • / शेयरबजार /
  • २०७७ जेष्ठ १४, बुधबार (४ साल अघि)
  • ४४ पटक पढिएको
Post Thumbnail

शिवराज आचार्य

जेठ १४, धादिङ । धार्के सितापाइला सडक खण्डको स्तरोन्नती सुरु भएको छ । धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर ६ को धार्के बजारको महेशखोला पुलबाट ग्राभेल सहित रोलर लगाउने काम सुभारम्भ भएको हो । नेपालको संघिय राजधानी प्रवेश गर्ने बैकल्पीक राजमार्गको रुपमा रहेको धार्के सितापाइला सडक खण्डको महेशखोला पुल देखि ठूलोखोला सम्म १३ किलो मिटर सडकमा ग्राभेल हाल्न र रोलर लगाउने काम सुरु भएको धुनिबेशी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष कृष्ण कुमार रेग्मीले बताए । नेपाल सरकारको १४ करोड बजेटबाट उक्त सडक खण्डमा ग्राभेल राखेर रोलर लगाउन थालिएको हो ।

दिब्य ज्योती कस्ट्रक्सनबाट उक्त सडकमा ग्राभेल गर्ने, कच्ची नाला बनाउने र रोलर लगाएर थिच्ने काम भईरहेको दिब्य ज्योती कस्ट्रक्सनका शिवराम भण्डारीले बताए । उनले ९ किलो मिटर सडकमा ग्राभेल बोक्ने काम सम्पन्न भएको र अरु बाँकी क्षेत्रमा केहि दिनमा ग्राभेल बोक्ने भण्डारीको भनाई छ । धार्के सितापाईला सडक खण्डमा ग्राभेल राखेर रोलर लगाउने कामले गर्दा यस बाटो क्षेत्र भित्रका नागरिकले राहत पाउने नगरप्रमुख बालकृष्ण आचार्यले बताए । नैबिसे नागढुङगा सडक खण्डको बैकल्पीक राजमार्ग रुपमा रहेको यस सडकलाई काठमाण्डौं प्रबेश गर्ने छोटो सडक भए पनि बिगतमा वर्षहरुमा यस क्षेत्रका नागरिकले बर्षाको समयमा धेरै दुख पाएका थिए । अब सडकमा बाह्रै महिना सवारी साधन सञ्चालन गर्न सकिने गरि काम भैरहेको मेयर आचार्यको भनाई छ ।

ताजा अपडेट

खोजी गर्नुहोस