कोरोना संक्रमित थाक्रेका ४१ वर्षीय पुरूष डिस्चार्ज

Post Thumbnail

जेठ १७, काठमाडौं । धादिङको थाक्रे गाउँपालिका वडा नं ७ का ४१ वर्षीय पुरूष डिस्चार्ज भएका छन् ।

कोरोना संक्रमण भेटिएपछि बलम्वुमा रहेको शसस्त्र प्रहरी अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका पुरूष आज डिस्चार्ज भएका हुन् ।

काठमाडौंको बागबजारमा छापाखाना सञ्चालन गर्दै आएका उनी चैत्र ११ गते घर (धादिङ) आएर वैशाख २८ गते काठमाण्डौ फर्किएका थिए ।

जेठ २ गते आएको स्वाब परीक्षण गराएका उन्को जेठ ५ गते कोरोना पोजेटिभ रहेको रिपोर्ट आएको थियो ।

अस्पतालवाट डिस्चार्ज भएपछी उनले आफ्नो आत्मविश्वासले कोरोनालाइ पराजित गरेको वताएका छन् ।

उनका श्रीमती, छोराछोरी तथा गाउँका १० जनाको स्वाब परिक्षण गरिएकोमा कसैलाई पनि कोरोना संक्रमण देखिएको थिएन ।

उनीसगैं सशस्त्र प्रहरी अस्पतालबाट शनिबार भक्तपुरका एकसँगै एकैपटक ११ जना कोरोना भाइरस संक्रमित डिस्चार्ज भएका छन् ।

-देशबिकास डटकमबाट

ताजा अपडेट

खोजी गर्नुहोस