जेठ २२,धादिङ । धादिङमा बिहान ११ बजेदखी अपरान्ह ४ बजे सम्म सबै प्रकारका पसलहरु खुल्ला भएका छन् । बुधबार बसेको सँकट व्यवस्थापन केन्द्रले पसल तथा व्यवसाय खोल्ने निर्णय गरेपछि धादिङका अधिकाँश पसलहरु दिउँसोको समयमा पनि खुल्न थालेका हुन् । यो अबधी बाहेक अन्य समयमा भने सबै प्रकृतीका पसलहरु बन्द गर्नुपर्ने र यो कामका लागि उद्योग वाणिज्य सँघले समन्वय गर्ने जनाईएको छ ।
केन्द्रको बैठकले आम नागरिकका लागि अत्यावश्यक दैनिक उपभोग्य बस्तुको सहज आपुर्तिका लागि तरकारी र दुग्धजन्य पदार्थको पसल भने बिहान देखी बेलुका सम्म नै खोल्न पाउने निर्णय गरेको छ ।
यस्तै नेपाल सरकारको मन्त्रीपरिषदको निर्णय अनुसार त्रिभुवन राजपथको २० किलो, पृथ्वी राजमार्गको गल्छि र मलेखुमा स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले स्विकृत गरेको मापदण्ड अनुसार खानाको प्याकेट मात्र विक्रि गर्न पाईने बैठकले निर्णय गरेको छ ।