धादिङ, नुवाकोटसहित नेपालमा ५६ वटा उच्च मावि भारतले पुनर्निर्माण गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ २७, मंगलबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

जेठ २७, काठमाण्डौ । भारतीय राजदूतावासले धादिङ, नुवाकोट, गोरखा, दोलखा, काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोक जिल्लाका गरी ५६ वटा उच्च माध्यमिक विद्यालय पुनर्निर्माण गर्ने जनाएको छ । भारतीय राजदूतावास तथा नेपाल सरकार शिक्षा मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले ७ वटा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । नेपालमा भूकम्पपश्चातको पुनर्निर्माण कार्यक्रमअन्तर्गत भारत सरकारको झन्डै ३ अर्ब आर्थिक सहयोगमा यी विद्यालय पुनर्निर्माण गरिने काठमाडौंस्थित भारतीय राजदूतावासले जनाएको छ ।

भूकम्पप्रतिरोधी क्षमताको लागि यी विद्यालय नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप पुनर्निर्माण हुने भन्दै दूतावासले विद्यालय पूर्वाधारमा शैक्षिक भवन, कक्षा कोठा, फर्निचर र छात्र तथा छात्राका लागि छुट्टै सरसफाइको सुविधा रहेको पनि जनाएको छ । भूकम्पप्रतिरोधी संरचना पुनर्निर्माणको क्षेत्रमा भारतकै प्रमुख संस्थान केन्द्रीय भवन अनुसन्धान संस्थान, रुड्कीले यी विद्यालयको पुनर्निर्माणका लागि प्राविधिक सहयोग प्रदान गर्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस