धादिङमा थप सातजनामा कोरोना संक्रमण ! जिल्लामा कोरोना संक्रमितको संख्या ३० पुग्यो

Post Thumbnail

जेठ २९,काठमाडौँ । धादिङमा सात जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाको क्वारेन्टिनमा बसेका सात जनामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाका प्रमुख शम्भुकुमार थापाले अनलाईनकेन्द्रलाई  जानकारी दिए । यो संगै जिल्लाका कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।

उनीहरूमध्ये सबैजना १२ दिनअघि भारतबाट आएर गाउँपालिकाको क्वारेन्टिनमा बसेका थिए । सुरुमा आरडीटी विधिबाट परीक्षण गरे पनि त्यसमा विश्वास नभएर फेरि ५५ जनाको पीसीआर विधिबाट गरिएको परीक्षणमा सात जनामा संक्रमण पुष्टि भएको थापाले जानकारी दिए ।

अन्यको भने कोरोना भाइरस नेगेटिभ देखिएको छ । संक्रमित व्यक्तिलाई गाउँपालिकाकै स्वास्थ्य चौकीमा बनाइएको आइसोलेसनमा सारिएको छ । यसअघि उनिहरु गाँउपालिकाले बनाएको क्वारेन्टाईनमा बसेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस