नागढुंगा–नौबिसे–मुग्लिङ सडक २२ नयाँ पुल र डेडिकेटेड २ लेनमा स्तरोन्नति !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ जेष्ठ ३०, शुक्रबार (४ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

जेठ ३०, काठमाण्डौ । विश्व बैंकको ऋण सहायताले त्रिभुवन राजपथअन्तर्गत नागढुंगादेखि–नौबिसेसम्मको १२ दशमलव ७ किलोमिटर र पृथ्वी राजमार्गअन्तर्गत नौबिसेदेखि–मुग्लिङसम्मको ८२ दशमलव ४ किलोमिटर गरी कुल ९५ किलोमिटर सडकखण्डलाई सुधार गर्नका लागि खर्च गरिनेछ । यसलाई नागढुंगा–नौबिसे–मुग्लिङ सडकखण्ड नाम दिइएको छ । यस आयोजनामा लाग्ने लागत अझै निश्चित भइसकेको छैन । तर, करिब १३ अर्ब रुपैयाँ खर्च हुने सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले जानकारी दिए ।

२ लेन रहेको यस सडकखण्डलाई अब स्टान्डर्ड २ लेनमा रूपान्तरण गरिनेछ । त्यस्तै, मोडलाई सुधार गरिने, अहिले २५ वटा पुल रहेकामा २२ वटा पुल थपिनेछ । बाइपासको निर्माण गरी बजार क्षेत्रमा ४ लेनको सडक बनाउने तयारी छ । यसअघि समानान्तर नयाँ सडक निर्माण गर्ने योजनालाई भने अहिले स्थगित गरिएको सडक विभागको भनाइ छ । चालू आर्थिक वर्ष ०७६र७७ भित्र नै खरिद प्रक्रिया सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि अझै सुरु भएको छैन । अब प्रक्रिया अघि बढाउने तयारीमा रहेको विकास सहायता कार्यान्वयन महाशाखाका थापाले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस